हजारौं भक्तजनहरुको उपस्थितीमा पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञको वृहत शोभा कलश यात्रा सम्पन्न

हजारौं भक्तजनहरुको उपस्थितीमा पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञको वृहत शोभा कलश यात्रा सम्पन्न
२०८२ साउन २ गते बिहिबार ०२:२५

पशुपति क्षेत्रमा आज श्रावण १ गते बाट प्रारम्भ भएको ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ २०८२ को उद्घाटन पूर्व वृहत शोभा कलश यात्रा सम्पन्न भएको छ । पशुपतिको सुमार्गी भवन अगाडी रहेको पार्किङ क्षेत्रबाट...

पशुपति क्षेत्रमा आज श्रावण १ गते बाट प्रारम्भ भएको ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ २०८२ को उद्घाटन पूर्व वृहत शोभा कलश यात्रा सम्पन्न भएको छ ।

पशुपतिको सुमार्गी भवन अगाडी रहेको पार्किङ क्षेत्रबाट प्रारम्भ भएको कलश यात्रा पशुपति रुद्रगारेश्वर हुदै मनकामना पूर्ति मोचन विराट ज्ञान महायज्ञको प्रमुख पण्डा स्थल हंसमण्डपमा पुगेर सम्पन्न भएको हो ।

महायज्ञ अवधिभर ५१ सय कलश हरुलाई दैनिक पूजन गर्ने कार्यक्रम रहेको छ । शोभा कलशयात्रामा हजारौं भक्तजन ज्यूहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति २०८२ साउन २ गते बिहिबार ०२:२५
प्रतिक्रिया दिनुहोस्