भागवत मन्जरी राधिका दासी (माता) जि प्रवचनको लागि अमेरिका पुग्नु भएको छ ।
यहि जुलाई २६, २७ र २८ मा बे एरियाको मुक्तिनाथ धाम, मातृभूमि नेपाल मन्दिरमा भागवत मंजरी राधिका दासी (माता) जीको मुखारविन्दुबाट सत्संग लागि अमेरिका जानू भएको हो । यस पवित्र धार्मिक कार्यक्रमको आयोजनामा Motherland Nepal संस्थाले अगुवाइ गरेको छ ।
भागवात मन्जरी राधिका दासी (माता) जिले हिन्दू धर्ममा गहिरो आध्यात्मिक दृष्टिकोण लिएर संसारभर सत्संग र भक्ति अभियान फैलाउँदै आइरहनु भएको छ । अब पहिलोपटक अमेरिका पुगेर उहाँले मुक्तिनाथ धाम मन्दिरको पवित्र मञ्चबाट प्रवचन दिन लाग्नु भएको छ ।
माताजिको प्रवचन सुनेर धेरैले आत्मिक शान्ति, मार्गदर्शन र आध्यात्मिक उन्नति अनुभव गरेका छन्। अब यही अद्भुत अनुभवलाई प्रत्यक्षरूपमा अमेरिका बस्ने नेपालीहरूले पनि प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन्। धर्मको जरो जोगाउँदै, संस्कृतिलाई समर्पण गर्दै, समाजमा सकारात्मक ऊर्जा भरिदिने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले बे एरिया नेपाली समाजमा ऐतिहासिक प्रभाव पार्ने विश्वास गरिएको छ।










