पोखराको मालेपाटनमा चोरी गरेर भागेका युवा पक्राउ परेका छन्।
पोखरा महानगरपालिका-५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसका संचालिका संगिता भण्डारीको कोठाबाट नगद १२ लाख ३० हजार रूपैयाँ शुक्रबार राति चोरी गरी भागेका युवा पक्राउ परेका हुन्।
पक्राउ परेका युवा कास्कीको माछापुछ्रे गाउँपालिका-९ घर भएका २३ वर्षीय ओम बहादुर भुजेल रहेको जिल्ला प्रहर्फी कार्यालय कास्कीले जानकारी दिएको छ।
भण्डारीको मालेपाटनस्थित कोठाबाट गएको शुक्रबार राती नगद १२ लाख ३० हजार रूपैयाँ चोरी गरेर भागेका अभियुक्त भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका-६ डिकोपाटनबाट चोरी भएको नगद नौ लाख ९७ हजार पांच सय रूपैयाँ र दुई थान मोबाइल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका भुजेलबिरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भैरहेको प्राप्त समाचारमा जनाइएको छ।









