तमानखोलामा १७ जनामा कोरोना संक्रमण, बोङगादोभान बजार एक हप्ता बन्द

तमानखोलामा १७ जनामा कोरोना संक्रमण, बोङगादोभान बजार एक हप्ता बन्द
२०७८ असार ११ गते शुक्रबार ०५:४६

तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकै पटक १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै पटक ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि गाउँपलिकाले बजारमा क्षेत्रमा एक हप्ताका लागि अनावश्यक बाहेकका सेवाहरु बन्द गर्ने भएको...

तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारमा एकै पटक १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकै पटक ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि गाउँपलिकाले बजारमा क्षेत्रमा एक हप्ताका लागि अनावश्यक बाहेकका सेवाहरु बन्द गर्ने भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको एन्टिजेन्ट परीक्षणमा वडा नम्बर १ बोङगादोभान बजारमा मात्रै १७ जना संक्रमित फेला परेका हुन् ।

संक्रमण दर वृद्धि हुन थालेपछि गाउँपालिकाले शुक्रबारदेखि १७ गते राती १२ बजेसम्मका लागि बजार पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास लम्सालले बताए ।

वडा नम्बर १ बोङगादोभान बजारमा मात्रै १७ जना र वडा नम्बर ४ मा १ जना गरी हाल १८ जना सक्रिय संक्रमित छन् । संक्रमण रोकथामका लागि होटल, पसल, व्यवसाय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति २०७८ असार ११ गते शुक्रबार ०५:४६
प्रतिक्रिया दिनुहोस्