पर्यटकीय सहर पोखरामा विद्युतीय बस सञ्चालनमा

पर्यटकीय सहर पोखरामा विद्युतीय बस सञ्चालनमा
२०८२ साउन १७ गते शुक्रबार ०९:२१

पोखरा साउन १६/ पर्यटकीय सहर पोखराको सार्वजनिक यातायातमा बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा आएको छ । पोखरा यातायात सेवा प्रालिको व्यवस्थापन र व्यवसायी अशोक गुरुङको लगानीमा वातावरणमैत्री यातायात सेवाको सुरुवात गरिएको हो । पोखरा(१६,...

पोखरा साउन १६/ पर्यटकीय सहर पोखराको सार्वजनिक यातायातमा बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा आएको छ । पोखरा यातायात सेवा प्रालिको व्यवस्थापन र व्यवसायी अशोक गुरुङको लगानीमा वातावरणमैत्री यातायात सेवाको सुरुवात गरिएको हो ।

पोखरा(१६, लामाचौरमा आयोजित एक कार्यक्रममा वडाध्यक्षहरू अमृत शर्मा तिमिल्सिना ९वडा नं। १६० र पुष्पेन्द्र पाण्डे ९वडा नं। १९० ले संयुक्त रूपमा बस सेवाको शुभारम्भ गरे ।

व्यवसायी अशोक गुरुङको १ करोड २५ लाख रुपैयाँको लगानीमा टाटा कम्पनीको ३२ सिटे ‘टाटा अल्ट्रा ईभी’ बस खरिद गरिएको हो । सिप्रदी ट्रेडिङ पोखराका प्रमुख मोहदत्त भट्टराईका अनुसार, २१३ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको यो बसले एक पटकको फुल चार्जमा २५० किलोमिटरसम्मको दुरी तय गर्न सक्छ ।

पोखरा यातायात सेवा प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले पोखरामा चल्ने धुवाँ फाल्ने पुराना गाडीलाई क्रमशः विस्थापित गर्दै विद्युतीय बस सञ्चालनलाई जानकारी दिए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसी, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारी लगायतका वक्ताले वातावरण संरक्षणका लागि विद्युतीय बस उपयुक्त हुने भन्दै सुझाव समेत दिइएका थिए ।

प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार ०९:२१
प्रतिक्रिया दिनुहोस्