पोखरा साउन १९/ एनएमबि बैंक गण्डकी प्रदेश पोखराले मानवसेव आश्रम पोखरा २५, हेमजामा सोलार सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आश्रमलाई १ हजार लिटरको सोलार बत्तिहरु सहयोग गरेको हो । सोमवार एक कार्यक्रमको आयोजना गरि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय विन्दु कुमार थापा, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे,बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्र कुमार बाटाजु, प्रा.डा हरि पाठक, बैंकमा आवद्ध शालिकराम घिमिरे, विमल बहादुर कुँवर, र ओम कुमार मुल्मीले संयुक्त रुपमा आश्रमलाई सोलार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रममा बैंकले गरेको सहयोगको प्रसंसा गरे । यस्तै मन्त्री थापाले गण्डकी प्रदेश सरकारको सडक मानवमुक्त प्रदेश निर्माणको परिकल्पनालाई सार्थक बनाउने क्रममा मानवसेवा आश्रमसँगको सहकार्यलाई एक महत्वपूर्ण नीतिगत पहलकदमीको रूपमा व्याख्या गरे ।
कार्यक्रममा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी ,आश्रमका महासचिव सुशीला के सी रूपा रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, एनएमबि बैंकका प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत बैंकका अन्य कर्मचारी र मानवसेवा आश्रमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई ुग्रिन मन्थ को रूपमा मनाइरहेको छ । सोही अभियानअन्तर्गत दिगो कार्यको एक हिस्साको रूपमा, यो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम सम्पन्न भएको हो। बैंकले यस्तै किसिमका अन्य कार्यक्रमहरू पनि देशका अन्य प्रदेशहरूमा सञ्चालन गरिरहेको छ ।










