पोखरा साउन २३ / नेपाली कांग्रेस गण्डकी प्रदेश, भातृ संस्था समन्वय विभागले तीन भातृ संस्था, कांग्रेस गण्डकी प्रदेश समितिबीच अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आज पोखरामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशमा क्रियाशिल भातृ संस्थाहरु नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भू।पू सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिबीच अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले देशमा कठिन अवस्था आएको भन्दै प्रजातन्त्र जोगाउन सबै एकमत हुनुपर्ने र प्रजातन्त्रमा मात्र सबै नागरिकले समान हक र सुरक्षा अनुभूती गर्ने पाउने बताए । प्रदेशका विभिन्न भातृ संस्थाहरुले दिएका सुझावहरुलाई आफूले सदैव आत्मसाथ गरेर अगाडी बढ्ने उनको भनाई थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, मेखलाल श्रेष्ठ महामन्त्री बिष्णु लामिछाने, नेपाली कांग्रेस तनहुँ जिल्ला सभापति एवं पूर्वमन्त्री जितप्रकाश आले, बाग्लुङ जिल्ला सभापति जीत शेरचन, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम भातृ संस्था समन्वय विभागका प्रमुख अजित क्षेत्री अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
अन्तक्रिया कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य निर्दोष बिक्रम पौडेल, भातृ संस्था समन्वय विभागका सदस्य खेमलाल देवकोटाले मन्तब्य राखेका थिए । नेपाल भू।पू सैनिक संघका तर्फबाट केन्द्रिय कार्यबहाक अध्यक्ष बासु भण्डारी, केन्द्रिय सचिव भू।पू। कर्णेल कृष्ण बहादुर खत्री, गण्डकी प्रदेश अध्यक्ष भू।पू। कर्णेल प्रयास राज भण्डारी र कास्की जिल्ला अध्यक्ष गञ्जबहादुर गुरुङले मन्तब्य राखेका थिए ।
नेपाल प्रजातन्त्र सेनानी संघको तर्फबाट केन्द्रिय सचिव एकराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष नबिनबाबु र स्याङ्जा जिल्ला अध्यक्ष तारापति सुवेदीले मन्तब्य राखेका थिए भने राष्ट्रिय लोकतान्त्रिक अपांग संघको तर्फबाट केन्द्रिय सदस्य श्याम अर्याल, गण्डकी प्रदेश महामन्त्री युवराज पराजुली र कास्की जिल्ला अध्यक्ष समुन्द्र गोदारले मन्तब्य राखेको विभागका प्रमुख अधिकारीले जानकारी दिए ।
कार्यक्रममा डा। कुश्माखर न्यौपानेले नेपाली कांग्रेस र कांग्रेसका भातृसंस्थाबीचको सम्बन्धको बिषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।










