मानवसेवामा आश्रित संग जन्मदिनको सेलेब्रेशन

मानवसेवामा आश्रित संग जन्मदिनको सेलेब्रेशन
२०८२ साउन २८ गते मङ्गलबार ०९:३२

नेपाली समाजमा पछिल्लो समय जन्मदिन तथा अन्य उत्सबहरुमा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएका बेला पोखराका एक किशोरीले भने आफ्नो जन्मदिनका अवसरमा मानव सेवा आश्रममा रहेका अनाथहरुलाई खाना खुवाएका छन । ह्याप्पी नेपाल म्यानपावर नेपाल...

नेपाली समाजमा पछिल्लो समय जन्मदिन तथा अन्य उत्सबहरुमा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएका बेला पोखराका एक किशोरीले भने आफ्नो जन्मदिनका अवसरमा मानव सेवा आश्रममा रहेका अनाथहरुलाई खाना खुवाएका छन ।

ह्याप्पी नेपाल म्यानपावर नेपाल पोखराकी प्रबन्धक मिना थापा भण्डारीले आफ्नो जन्मदिन मानवसेवा आश्रम छोरेपाटनमा आश्रित अनाथ महिलाहरुसंग मनाएकी हुन् । आश्रमका ९४ आश्रितका लागि उनले विहानको भोजन सहित फलफुल वितरण गरेकी हुन ।

मिना पोखरामा व्यवसायसंगै लायन्स क्लब अफ पोखरा मर्दि हिमालका सहसचिब पनि हुन । उनले आफु मनले कोमल भएकाले अशक्त र असहाय देख्दा सहयोग गरिरहन मन लाग्ने बताए । मानवसेवा नै संसारको सबैभन्दा ठुलो सेवा र महान धर्म रहेको भन्दै जन्मदिनको अवसरमा आश्रममा सेवा गर्न पाउँदा आत्मसन्तुष्टी र खुसी मिलेको बताए । मानब सेवा आश्रमले सडक मानव मुक्त गर्ने अभियानको थालनी गरेर मानबताको उदाहरणिय कार्य गरको भन्दै विभिन्न सन्दर्भमा आश्रमलाई सहयोगका लागि आउने बचनबद्धता प्रकट गरिन

कार्यक्रममा ह्याप्पी नेपालका कर्मचारीहरु अशिम गिरी, हिरा गुरुङ, समला अधिकारी, सुनिता थापा, सगुन गौतमको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति २०८२ साउन २८ गते मङ्गलबार ०९:३२
प्रतिक्रिया दिनुहोस्