लेखनाथ, ३१ साउन/ नेवाः खल कास्कीको आव्हान र शिशुवा नेवाः खलको आयोजनामा यस वर्षको कास्की जिल्ला स्तरीय २६ औं तायाःमचा नृत्य प्रतियोगिता शनिवार लेखनाथमा भएको छ ।
सांस्कृतिको संरक्षण, स्थानीय मौलिक परम्पराको प्रवद्र्धनू र भावी पुस्तालाई सिप हस्तान्तरण गर्ने उदेस्यले हरेर वर्ष गरिदै आएको प्रतियोगिता यस वर्ष पोखरा ३० को शिशुवा चोकमा सम्मन्न भएको हो ।
प्रतियोगिताबाट नेवार समुदायको मौलिक संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । वि स २०५४ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनै पुर्णीमाको भोली पल्ट देखाईने गाईजात्रालाई नेवारी समुदायले अनुकुल समयमा आफनो मौलीक सस्कृती जोगाउने हिसावले प्रत्येक वर्ष ताया मचालाई प्रतियोगिताको रुपमा गरिदै आउदा युवा पुस्तामा कला र सस्कृती हस्तान्त्रण हुदै जाने विचार राखेका थिए ।
सोही अवसरमा वोल्दै प्रमुख आचार्यले विकासका काममा स्थानिय स्तरबाट हुने गरेका अवरोधले विकास निर्माणका काम नै प्रभावीत हुने गरेको प्रंशग उठाउदै तालचोक वेगनासतालको वाटो नक्साकै आधारमा निर्माण भएकाले कोही कसैको जग्गा यता उता प¥यो भनेर योजना नै प्रभावीत हुने गरि अवरोध नगर्न आग्रह गरेका थिए ।
प्रतियोगिताका मुल संयोजक अर्जुन कुमार ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर ३० का बडाअध्यक्ष दुर्गा प्रसाद सुवेदी,रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझा,नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे र नेवा खल लेखनाथका अध्यक्ष भैरवलाल श्रेष्ठ लगाएतले नेवाः संस्कृतिले समुदायिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्दै तायाः मचा नेवारी समुदायको मात्र पर्व नभइ सवै जात जातीको मौलीक सस्कृती र नेपालको पहिचान भएको वताएका थिए ।
गाईजात्रा पर्वकै अवसर पारेर आयोजित ताय ःमचा नृत्य प्रतियोगितामा ३५ टिमको सहभागिता रहेको थियो भने आयोजक शिसुवा नेवा ःखल,पहिलो पटक भाग लिएको घाचोक नेवाः खल र गत वर्षको विजेता वागवजार नेवाः खलले अप्रतियोगिका रुपमा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम हुने समुहले एक लाख ११ हजार एक सय ११, द्धितीयले ७७ हजार सात सय ७७, तृतीयले ५५ हजार पाँच सय ५५ र सान्तोनाले २५ हजार ५ सय २५ नगद सहित आकर्षक पुरस्कार प्राप्त गर्ने छन् भने महिला तर्फको प्रतियोगितामा प्रथमलाई ४० हजार,द्धितियलाई ३०हजार,तृतियलाई २५ हजार र सान्तोनालाई २० हजार सहित बिभिन्न विधामा समेत पुरस्कृत गरिएको थियो ।
नेवार समुदायको मौलिक संस्कृति पहिचान र परम्परागत मनाइने ताया मचा नृत्य प्रतियोगितालाई थप व्यवस्थित बनाउदै सांस्कृतिक उत्सवका रुपमा विकास गराउनु पर्ने उदेस्य लिईएको छ ।२५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वले सामाजिक रुपमा सदभाव, माया प्रेम र भाईचारको सन्देश प्रवाह गरेको र समाजलाइ एक सुत्रमा वाध्न सफल विश्वास लिईएको छ ।










