जन्म दिनमा बृद्धाश्रमलाई सहयोग

जन्म दिनमा बृद्धाश्रमलाई सहयोग
२०८२ साउन ३२ गते शनिवार १०:३६

पोखरा साउन ३१/ पोखराकी एक व्याक्तिले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाउदै वृद्धाश्रमलाई सहयोग गरेकि छन् । शनिवार पोखरा १५ निवासी गगाँ त्रिपाठीले आफ्नो जन्मदिनको अवसर पारेर पोखरा १७ सितापाइलामा रहेको पोखरा...

पोखरा साउन ३१/ पोखराकी एक व्याक्तिले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाउदै वृद्धाश्रमलाई सहयोग गरेकि छन् । शनिवार पोखरा १५ निवासी गगाँ त्रिपाठीले आफ्नो जन्मदिनको अवसर पारेर पोखरा १७ सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा रहेका ४० जना बृद्धबृद्धाहरुलाई बेलुकिको खाना खुवाउनुका साथै १५ हजार रुपैँया र लत्ताकपडा सहयोग गरेकि हुन् ।
उनले बृद्धाश्रममा रहेका आमा बुबाको साथमा केहि क्षेण बिताउन पाउँदा र खाना खुवाउदा पुण्य मिल्ने बताइन् ।

यस्तै त्रिपाठीले सामाजिक काम गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने उल्लेख गरिन् ।बृद्धाश्रममा सहयोग गरको प्रति धन्यबाद ब्यक्त गदै संस्थाका अध्क्षय कुसुम केसव पराजुली,कोषध्यक्ष मित्र प्रसाद सुवदी लगाएतले धन्यबाद ब्यक्त गर्दै पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिनको अवसरमा साथीभाइ जम्मा गरी विभिन्न रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा रमाइलो गरी फजुल खर्च गर्ने प्रचलन रहेको र त्यसो गर्नुभन्दा आश्रममा रहेको वेसहारा वुवा आमाहरुलाई सानै भएपनि सहयोग गर्न सकेको खण्डमा पुण्य प्राप्त हुने वताए।२०५३ सालमा स्थापना भएको बृद्धाश्रममा हाल ४० जना बृद्धबृद्धाहरु अश्रित रहेका छन् ।

प्रकाशित मिति २०८२ साउन ३२ गते शनिवार १०:३६
प्रतिक्रिया दिनुहोस्