पवन मरासिनी, स्याङ्जा भदौ २/ मुक्तिनाथ विकास बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत पुतलीबजार १३ स्थित रानिथुम्का आधारभुत विद्यालयमा विद्यालय पोशाक वितरण गरेको छ । मुक्तिनाथले सामाजिक उत्तरदायित्व अन्तर्गत रानिथुम्का आधारभुत विद्यालयका ७५ जना र शितला आधारभुत विद्यालयका ४ जना गरि ७९ विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो ।
विद्यालय पोशाक वितरण गर्दै मुक्तिनाथ विकास बैंकका सन्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले मुक्तिनाथ विकास बैंक देशभरमै सबै गतिविधितर्फ प्रमुख बैंकका रुपमा स्थापित भएको भन्दै खुसी व्यक्त गर्दै बैंकले आफ्नो भुमिकालाई सामाजिक उत्तरदायित्वमार्फत समुदायमा स्थापित गर्दै आएको बताए । जनताले मुक्तिनाथ विकास बैकलाई गरिरहेको विश्वास र भरोसाको कदर गर्दै सामाजिक उत्तरदायित्व कार्यक्रम लिएर जनतासामु आएको उनले भने ।
स्याङ्जा बहुमुखी क्याम्पसका सस्थापक तथा क्याम्पस प्रमुख समेत रहेका लम्सालले विद्यालयको शैक्षिक क्षेत्रको विकासको लागि सदैब संगै रहने प्रतिबद्धता जाहेर गर्दै पुतलीबजार नगरपालिकाबाट स्थापित बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिबिधिहरु सक्रिय रुपमा संचालन गर्दै गर्दा पुतलीबजार १३ लाई आफुले विशेष प्राथमिकतामा राखेको बताए । लम्सालले कृषीको प्रसङ्गलाई जोड्दै मुक्तिनाथ कृषि कम्पनिले कृषिजन्य उत्पादनको पुर्ण ग्यारेन्टी गरेको समेत बताए ।
कार्यक्रममा मुक्तिनाथ विकास बैंकका क्षेत्रीय उप प्रबन्धक ऋषिनाथ ढकाल, प्याब्सन स्याङ्जाकि सदस्य स्मृती काफ्ले, वडा सदस्य लिल बहादुर राना, नेकपा एमाले वडा न १३ का अध्यक्ष मिन प्रसाद अर्याल, नेपाली काङ्ग्रेस वडा सभापती दुर्गा गौतम, शिक्षक अभिभावक संघका संयोजक मुक्तिनारायण सुवेदी लगायतले मुक्तिनाथ बैंकको यो अभियानले समाज रुपान्तरण महत्त्वपूर्ण भुमिका खेल्ने र सकारात्मक सन्देश प्रवाह हुने बताएका थिए ।
वडा अध्यक्ष जुद्द बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुर्यकान्त रेग्मीले स्वागत एवम् कार्यक्रमको संचालन शिक्षक प्रेम थापाले गरेका थिए । कार्यक्रमका अवसरमा पुतलीबजार १३ कै शितला आधारभुत विद्यालयका विद्यार्थीहरुको लागि पनि विद्यालय पोशाक वितरण गरिएको थियो ।










