२७ औं लामाचौर तीज महोत्सव आज देखि

२७ औं लामाचौर तीज महोत्सव आज देखि
२०८२ भदौ ८ गते आईतबार ०८:२७

पोखरा भदौ ८/ २७ औं लामाचौर तीज महोत्सव आज देखि शुरु हुने भएको छ । इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुने आयोजकले जनाएको छ । महोत्सवमा औद्योगिक तथा व्यापारिक ५०...

पोखरा भदौ ८/ २७ औं लामाचौर तीज महोत्सव आज देखि शुरु हुने भएको छ । इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा भदौ ८ देखि १० गतेसम्म लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुने आयोजकले जनाएको छ । महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने छन् ।

यस्तै, लोकदोहोरी कलाकारहरु प्रकाश दूतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाल, श्रीदेवी देवकोटा, दीपक खड्का, प्रजापति पराजुली, रामजी पौडेल, माया गुङ, लक्ष्मी नेपाली लगायतको प्रस्तुति हुने प्रचारप्रसार संयोजक विष्णुप्रसाद गौतमले बताए ।

‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने उद्घोषका साथ संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले यसपालि पनि महोत्सवलाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष इ। दिनेश भण्डारीले बताए ।
महोत्सव आयोजना गर्न करिब ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष बृद्धिमा थप गरिने जनाइएको छ ।

२०५४ सालमा पहिलोपल्ट लामाचौर मेला आयोजना गरेको संस्थाले एम्बुलेन्स, शववाहक संचालन गर्नुका साथै गोस्तेघाटमा फुटबल मैदानसमेत निर्माण गरेको छ । डिसहोम फाइबर नेटको मुख्य प्रायोजनमा हुने महोत्सवमा हिमश्री फुड्स प्रालिको उत्कृष्ट उत्पादन रारा चाउचाउ र पोखराको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रमशः खुला तथा अन्तर मावि छात्रा भलिबलतर्फ टाइटल स्पोन्सर गरेका छन् ।

प्रकाशित मिति २०८२ भदौ ८ गते आईतबार ०८:२७
प्रतिक्रिया दिनुहोस्