नेपाली चलचित्र कोशेढुगां हेर्न पोखराका हलमा दर्शकको भिड

नेपाली चलचित्र कोशेढुगां हेर्न पोखराका हलमा दर्शकको भिड
२०८२ भदौ २१ गते शनिवार ०५:५८

पोखरा भदौ २१/ नेपाली चलचित्र कोशेढुगां हेर्न पोखराका हलमा दर्शकको भिड नै लागेको छ । प्रदर्शनमा आएको दिन देखि नै दर्शकले हल भरिभराउ भएपछि निर्माण पक्ष तथा कलाकारहरु हौसिएका छन् । चलचित्र निर्माण टोली कलाकारसहित शुक्रबार पोखराको...

पोखरा भदौ २१/ नेपाली चलचित्र कोशेढुगां हेर्न पोखराका हलमा दर्शकको भिड नै लागेको छ । प्रदर्शनमा आएको दिन देखि नै दर्शकले हल भरिभराउ भएपछि निर्माण पक्ष तथा कलाकारहरु हौसिएका छन् । चलचित्र निर्माण टोली कलाकारसहित शुक्रबार पोखराको मिडटाउनमा दर्शकसँग भेटेर प्रत्यक्ष प्रतिक्रिया लिएका थिए ।

शुक्रबार पोखरामा चलचित्रका मुख्य कलारकहरु आर्यन सिक्देल,सुरक्षा पन्त, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा लगाएतका कलाकारको सहभागिता रहेको थियो ।

देशका विभिन्न शहरका सिनेमा हलमा गएर दर्शकको प्रतिक्रिया बुझ्ने निर्माण पक्षलले जनाएको छ ।चलचित्रले नेपाली दाजुभाई दिदिबहिनीलाई नेपालमै केहि गर्नका लागि उत्प्रेरित गरेको छ भने बिदेशमा गएर पनि सोचे जस्तो सहज तरिकाले काम गर्न नसकिने उल्लेख गरेको छ ।

कोशेढुंगा’ को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको हो । चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग रहेका छन् । कार्यकारी निर्माता दिनेश खड्का भने यसको बाबु श्रेष्ठले छायांकन गरेका हुन् । चलचित्रको सम्पादनमा सुरेन्द्र पौडेल रहेका छन् । चलचित्रको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहेको छ ।

प्रकाशित मिति २०८२ भदौ २१ गते शनिवार ०५:५८
प्रतिक्रिया दिनुहोस्