पोखरामा चौथो नवदुर्गा पूजा समारोह २०८३ आयोजना हुने, प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य खुस्बु ओली

पोखरामा चौथो नवदुर्गा पूजा समारोह २०८३ आयोजना हुने, प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य खुस्बु ओली
२०८३ असोज ३० गते शुक्रबार ०८:३५

पोखरा, असोज ३०/ मधेश कास्की सम्पर्क समाज, पोखरा २७, कास्कीको आयोजनामा चौथो नवदुर्गा पूजा समारोह २०८३ को भव्य उद्घाटन समारोह आयोजना हुने भएको छ। हाम्रो संस्कृति, हाम्रो पहिचानू भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त पूजा समारोहको...

पोखरा, असोज ३०/ मधेश कास्की सम्पर्क समाज, पोखरा २७, कास्कीको आयोजनामा चौथो नवदुर्गा पूजा समारोह २०८३ को भव्य उद्घाटन समारोह आयोजना हुने भएको छ। हाम्रो संस्कृति, हाम्रो पहिचानू भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त पूजा समारोहको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा की प्रतिनिधि सभा सदस्य सांसद माननीय खुस्बु ओलीको प्रमुख आतिथ्यतामा हुनेछ।

आयोजक संस्थाका अनुसार उक्त उद्घाटन कार्यक्रम आगामी २०८३ असोज ३१ गते, शनिबार फुलपातिको दिन बिहान ११ :३० बजे पोखरा २७, तालचोक, डाँडाको नाकस्थित लेखनाथ महोत्सव स्थलमा सम्पन्न हुनेछ।बडादसैँ तथा नवरात्रको पावन अवसरमा बहुसांस्कृतिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले मधेश कास्की सम्पर्क समाजले प्रत्येक वर्ष नवदुर्गा पूजा समारोहको आयोजना गर्दै आइरहेको छ। कार्यक्रममा स्थानीय भक्तजन तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति २०८३ असोज ३० गते शुक्रबार ०८:३५
प्रतिक्रिया दिनुहोस्