पोखरामा आन्दोलनकारीले जलाएको घरमा मृत भेटिएकी युवती दोलखाकी स्वस्थानी

पोखरामा आन्दोलनकारीले जलाएको घरमा मृत भेटिएकी युवती दोलखाकी स्वस्थानी
२०८२ भदौ २६ गते बिहिबार १२:२६

पोखरामा मृत फेला परेकी युवती दोलखाकी भएको पुष्टि भएको छ । दोलखाको वैतेश्वर गाउँपालिका-८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको पुष्टि भएको छ । स्वस्थानी काठमाडौंमा काम गर्ने भए पनि कामको सिलसिलामा पोखरा पुगेकी थिइन । उनको शव लिन...

पोखरामा मृत फेला परेकी युवती दोलखाकी भएको पुष्टि भएको छ ।

दोलखाको वैतेश्वर गाउँपालिका-८ छेत्रपा फेदीकी स्वस्थानी खड्का रहेको पुष्टि भएको छ । स्वस्थानी काठमाडौंमा काम गर्ने भए पनि कामको सिलसिलामा पोखरा पुगेकी थिइन । उनको शव लिन भिनाजु र भाइ पोखरा गएका छन् ।

स्वस्थानीको पोखरा लेकसाइड अंशुभरा स्क्वायरमा भएको आगलागीमा मृत्यु भएको थियो । खड्काको बुधबार जलेको अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति २०८२ भदौ २६ गते बिहिबार १२:२६
प्रतिक्रिया दिनुहोस्