मुलुकको पहिलो प्रधानमन्त्री बनिन्, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की

मुलुकको पहिलो प्रधानमन्त्री बनिन्, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की
२०८२ भदौ २७ गते शुक्रबार ०९:५०

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । कार्कीलाई संविधानको धारा–६१ अनुसार नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले...

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

कार्कीलाई संविधानको धारा–६१ अनुसार नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनले मन्त्री कति जना बन्ने भन्नेचाहिँ नाम आउन बाँकी रहेको बताए । तर, सबै प्रक्रिया ९ बजे पूरा भएर शपथ हुने र त्यसपछि संसद् विघटनको सिफारिस मन्त्रिपरिषद्ले गर्ने उनले बताए । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संसद् विघटन गर्नेछन् ।

नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् ।

प्रकाशित मिति २०८२ भदौ २७ गते शुक्रबार ०९:५०
प्रतिक्रिया दिनुहोस्