जेनजी आन्दोलनमा मृत्यु हुनेलाई शहीद घोषणा गरि १० लाख रूपैयाँ दिने प्रधानमन्त्रीको निर्णय

जेनजी आन्दोलनमा मृत्यु हुनेलाई शहीद घोषणा गरि १० लाख रूपैयाँ दिने प्रधानमन्त्रीको निर्णय
२०८२ भदौ २९ गते आईतबार १२:१७

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ । आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय...

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ ।

आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।

गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर करिब ७२ जनाको मृत्यु भएको मुख्य सचिव अर्यालले बताए ।

मुख्य सचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गरेका छन् । उनले भत्केका संरचनाहरू क्रमश निर्माण हुँदै जाने समेत जानकारी गराए ।

प्रकाशित मिति २०८२ भदौ २९ गते आईतबार १२:१७
प्रतिक्रिया दिनुहोस्