नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पूर्व प्रधानमन्त्री प्रचण्ड जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन्। उनी सोही आन्दोलनका क्रममा ध्वस्त भएको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालय आज अवलोकन गर्ने पुगेका छन्। अहिले माओवादी कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाइ गरिरहेका छन् ।
भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक बोलाएका प्रचण्डलाई आन्दोलन उग्र हुँदै गएपछि सेनाले त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो । आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखेको थियो । प्रचण्ड आजैदेखि पार्टी काममा फर्किएका छन् ।
प्रकाशित मिति २०८२ भदौ ३१ गते मङ्गलबार ०४:०३