ढोरपाटन ३ को चाचल,घोसा सामा हुदैँ कालापोल सम्मको सड्कलाई २ करोड बजेट विनियोजन,

ढोरपाटन ३ को चाचल,घोसा सामा हुदैँ कालापोल सम्मको सड्कलाई २ करोड बजेट  विनियोजन,
२०७८ असार १३ गते आईतबार ०८:२२

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ३ को चाचल घाट देखि घोसा,सामा,हुँदै कालापोल सम्म सडक स्तर उन्नतिको लागि बजेट विनियोजन गरिएको छ । नयाँ सहर आयोजना मार्फत सडक स्तर उन्नतिको लागि दुई करोड रुपैयाँ बिनियोजन भएको ढोरपाटन नगरपालिका...

सडक स्तर उन्नतिको लागि बजेट विनियोजन भएसगैँ स्थानियहरु खुशी.....

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ३ को चाचल घाट देखि घोसा,सामा,हुँदै कालापोल सम्म सडक स्तर उन्नतिको लागि बजेट विनियोजन गरिएको छ ।

नयाँ सहर आयोजना मार्फत सडक स्तर उन्नतिको लागि दुई करोड रुपैयाँ बिनियोजन भएको ढोरपाटन नगरपालिका ३ का वडा अध्यक्ष हेमेन्द्र घर्तिमगरले बताउनुभयो । गएको ३ वर्ष यता साघुँरो सड्क मर्मत सगैँ पराकिलो बनाउनको निम्ति,नगरपालिका,नयाँ सहर आयोजना र प्रदेश सरकार संमक्ष निरन्तर पहल भैरहेको र यस चाचल घाट देखि कालापोल सम्मको सड्कको लागि बजेट छुट्टिएको अध्यक्ष घर्तिको भनाई छ । साविकको बुर्तिबाङ गा.वि.स वडा नम्बर ६,७,८ र ९ वडाहरु मिलाएर ढोरपाटन नगरपालिका ३ बनाईएको थियो । भौगोलिक हिसाबले  तमान खोलाको वारिपारी गरि वडा नम्बर ३ बनाईएको छ । ढोरपाटन ३ को बगर चाचल घाटमा मोटरयवल पुल नहुदाँ वर्षा याममामा भने सवारी अवरुद्ध हुने गरेको छ । चाचल घाटमा मोटरयवल पुल निमार्णको लागि पनि निरन्तर पहल भैरहेको वडा अध्यक्ष घर्तिले बताउनुभयो ।

अबको बजेटमा छरछरे रातामाटाबाट विस्मोर,पुर्कोट हुदैँ चिर्वाङ सम्मको बाटो सडक स्तरउन्नतिको लागि बजेट माग गरिएको बताउनुभयो । सडक स्तर उन्नति सगैँ वडाका सड्कहरु पिजको लागि काम सुरु भएको उहाँको भनाई छ । सडक स्तर उन्नतिको लागि बजेट विनियोजन भए सगैँ स्थानियहरु भने खुशी भएका छन् ।

प्रकाशित मिति २०७८ असार १३ गते आईतबार ०८:२२
प्रतिक्रिया दिनुहोस्