कास्की र सुन्धाराको जेलबाट भागेका २ अमेरिकी नागरिक महाराजगन्जबाट पक्राउ

कास्की र सुन्धाराको जेलबाट भागेका २ अमेरिकी नागरिक महाराजगन्जबाट पक्राउ
२०८२ असोज ६ गते सोमबार ०७:२२

कारागारबाट फरार भएका बाल यौन दुराचार तथा जवरजस्ती करणीका अभियुक्त दुई जना अमेरिकन नागरिक पक्राउ परेका छन्। कास्कीको कारागारबाट भागेका एक जना र केन्द्रीय कारागारबाट भागेका एक जना गरी दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...

कारागारबाट फरार भएका बाल यौन दुराचार तथा जवरजस्ती करणीका अभियुक्त दुई जना अमेरिकन नागरिक पक्राउ परेका छन्।

कास्कीको कारागारबाट भागेका एक जना र केन्द्रीय कारागारबाट भागेका एक जना गरी दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

जिल्ला अदालत कास्कीको आदेशले बाल यौन दुराचारको अभियोगमा कैद भुक्तान गरिरहेका अमेरिकन नागरिक मिचेल नोर्मान टेलर र जिल्ला अदालत काठमाडौँको आदेशले जगन्नाथ देवलमा कैद भुक्तान गरिरहेका जबर्जस्ती करणीका अभियुक्त अमेरिकन नागरिक जोन्सन लोयड मुडी पक्राउ परेका हुन्।

भदौ २४ गते दुवै कारागारबाट कैदीबन्दी फरार हुँदा उनीहरू पनि बाहिर निस्किएका थिए। त्यसपछि जेल नफर्किएका उनीहरुलाई काठमाडौँको महाराजगन्जमा सीआईबीले सोमबार फेला पारेको हो। सीआईबीले दुवै जनालाई सम्बन्धित कारागार बुझाउने तयारी गरेको सीआईबीका डीएसपी धर्मराज भण्डारीले बताए।

प्रकाशित मिति २०८२ असोज ६ गते सोमबार ०७:२२
प्रतिक्रिया दिनुहोस्