कपिलवस्तुमा एकाबिहानै बस दुर्घटना हुँदा ३६ जना घाइते

कपिलवस्तुमा एकाबिहानै बस दुर्घटना हुँदा ३६ जना घाइते
२०८२ असोज १८ गते शनिवार ०९:१९

कपिलवस्तुमा आज बिहानै बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। धनगढीबाट काठमाडौँतर्फ आउदै गरेको ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५:३० बजे कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका हुन् । घाइतेमध्ये १५ जनालाई...

कपिलवस्तुमा आज बिहानै बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौँतर्फ आउदै गरेको ना ८ ख ५७०३ नम्बरको बस शनिबार बिहान करिब ५:३० बजे कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका हुन् ।

घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उक्त बस सडक छेउमा पल्टिएर दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति २०८२ असोज १८ गते शनिवार ०९:१९
प्रतिक्रिया दिनुहोस्