सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुहोस तोलाको कति पुग्यो

सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुहोस तोलाको कति पुग्यो
२०८२ असोज २३ गते बिहिबार ११:२४

आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनमा १२ सय रुपैयाँको वृद्धि भएको हो । महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ ।...

आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनमा १२ सय रुपैयाँको वृद्धि भएको हो ।

महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य दुई लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार प्रतितोला सुनको मूल्य दुई लाख ३८ हजार कायम भएको थियो ।

यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर उच्च मूल्य कायम गरेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८२ असोज २३ गते बिहिबार ११:२४
प्रतिक्रिया दिनुहोस्