पोखरा कार्तिक ४ / पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ । प्रहरीले जुवातास खेलिरहेको भन्ने गोप्पे सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २१२ पत्ती तास र २ लाख ५९ हजार ४५५ रुपैयाँ नगद बरामद गरेको छ । यस्तै, पोखरा २६ विजयपुरको लम्पीबोट सामुदायिक जंगलबाट ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १४ थान कौडा ७७ हजार २०५ नगद बरामद भएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा २ मोहोरियाटोलबाट थप ८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ६ बुक तास र २ लाख ७३ हजार ४४५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएके छ । सबैलाई जुवातास मुद्दामा अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।










