रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटनले जिल्लाको ढोरपाटन नगरपालिका स्थिति स्वास्थ्य केन्द्र र विद्यालयलाई स्वास्थ्य सामाग्री रहयोग गरेको छ ।
दोस्रो लहरको कोरोना महामारीलाई मध्यनजर ढोरपाटन नगरपालिका १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरगगाँ नमुना माध्यमिक विद्यालयलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराईएको रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटनका संस्थापक अध्यक्ष डा.शान्तराज शर्माले बताउनुभयो ।
रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटनले विभिन्न विद्यालय एवंम स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने अभियान चलाएको छ । जस अन्तरगत बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई माक्स,सेनिटाईजर,पिपिई सेट ग्लोब्स र उत्तर गंगा नमुना माध्यमिक विद्यालयलाई माक्स,सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको डा.शर्माले बताउनुभयो ।
रोटरी क्लव अफ पोखरा, रोटरी क्लव अफ त्रिपुरेश्वर,रोटरी क्लव अफ कान्तिपुर र रोटरी क्लव अफ काठमान्डौँको सहयोगमा ति स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो । स्वास्थ्य सामाग्रीहरु ग्रहण गदैं स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्ल र उत्तरगंगा नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ईश्वरी प्रसाद पौडेलले सामग्री प्रदान गरेकामा क्लव प्रति धन्यबाद व्यक्त गर्नुभएको थियो । कोरोना महामारीमा स्वास्थ्य केन्द्र र विद्यालयमा धेरै सामाग्रीहरुको अभाव हुने हुदाँ सबैको साथ सहयोगले केहि सहज भएको उहाँहरुको भनाई रहेको थियो ।










