माउन्ट अन्नपूर्णमा खेल सप्ताह सुरु

माउन्ट अन्नपूर्णमा खेल सप्ताह सुरु
२०८२ कार्तिक २७ गते बुधबार ०५:१७

पोखरा, कार्तिक २६/ पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा खेल सप्ताह अन्तरगर्त रहेर बिभिन्न खेलकुदका कार्यक्रमहरु बुधबारबाट सुरु भएका छन् । कार्तिक २९ गते सम्म सञ्चालन हुने वार्षिक खेल सप्ताह...

पोखरा, कार्तिक २६/ पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा खेल सप्ताह अन्तरगर्त रहेर बिभिन्न खेलकुदका कार्यक्रमहरु बुधबारबाट सुरु भएका छन् । कार्तिक २९ गते सम्म सञ्चालन हुने वार्षिक खेल सप्ताह ‘२०८२’ अन्तर्गत तिन दिने खेल सप्ताह सुरु भएको बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए । खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गर्ने छन्।

विद्यालयका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्ग,प्राचार्य श्रेष्ठ ,प्रशासनिक प्रमुख चित्र गुरुङ र अतिरिक्त क्रियाकलाप निर्देशक तेज गुरुङले संयुक्त रूपमा झन्डोत्तलन तथा बेलुनमा ब्यानर उडाएर संयुक्तरुपमा उद्धघाटन गरेका हुन् ।
अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा माउन्ट अन्नपूर्ण स्थापित भइसकेको बताए । उनले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अन्नपूर्ण अग्रपंक्ति रहेको उल्लेख गरे ।खेलका नियम तथा खेल पोर्टकलको बारेमा सिए कोर्डिनेटर उमेश खनालले जानकारी गराएका थिए ।

प्रतियोगिता अन्तरगर्त पहिलो दिन इलाइट एकेडेमीमा छात्र छात्रा भलिवल,छेलो प्रतियोगिता सम्पन्न भएको छ भने, विद्यालय प्राङगणमा छात्र, छात्रा बास्केटबल सगै बिभिन्न प्रतियोगिताका खेलहरु भएको खेल सप्ताहका कोर्डिनेटर माधव भण्डारीले बताए । भण्डारीका अनुसार बिहिबार पोखरा रंङशालामा ह्यान्डबल,रेस,लङजम्प जस्ता खेलहरु हुने छन् भने शुक्रबार पोखरा रंङशालामा खेल सप्ताहको समापन हुने भण्डारीले उल्लेख गरे ।

प्रकाशित मिति २०८२ कार्तिक २७ गते बुधबार ०५:१७
प्रतिक्रिया दिनुहोस्