खुमा फाउन्डेसनद्वारा एक भेला सम्पन्न, भेलाले गर्यो विभिन्न उपसमिती संयोजक तोक्ने देखि संस्था स्थापना दिवस मनाउने सम्मका विविध निर्णयहरु

खुमा फाउन्डेसनद्वारा एक भेला सम्पन्न, भेलाले गर्यो विभिन्न उपसमिती संयोजक तोक्ने देखि संस्था स्थापना दिवस मनाउने सम्मका विविध निर्णयहरु
२०८२ कार्तिक २७ गते बुधबार ०९:०७

पवन मरासिनी ,पोखरा,कार्तिक २६/ खुमा अर्याल फाउन्डेसन स्याङ्जाको भेला सम्पन्न भएको छ । फाउन्डेसनले बुधबार सन्जिबिनी ग्रुप अफ कम्पनी लिमिटेडको त्रिपुरेस्वर स्थित केन्द्रिय कार्यलय के डि टावरको सभाहलमा एक भेला राखेर विविध निर्णयहरु...

पवन मरासिनी ,पोखरा,कार्तिक २६/ खुमा अर्याल फाउन्डेसन स्याङ्जाको भेला सम्पन्न भएको छ । फाउन्डेसनले बुधबार सन्जिबिनी ग्रुप अफ कम्पनी लिमिटेडको त्रिपुरेस्वर स्थित केन्द्रिय कार्यलय के डि टावरको सभाहलमा एक भेला राखेर विविध निर्णयहरु गरेको छ ।

सो भेलाबाट विभिन्न उपसमितिका संयोजकहरु तोकिएको छ । जसमा शिक्षा उपसमितिको संयोजकमा युक्त नारायण अर्याल, स्वास्थ्य उपसमितिको संयोजकमा डा लुना अर्याल, स्वरोजगार उपसमिति संयोजकमा शालिकराम अर्याल, खेलकुद उपसमितिको संयोजकमा सागर पौडेल र आपतकालिन व्यवस्थापन संयोजकमा ई हिमान्शु अर्याललाई नियुक्त गरिएको हो ।

त्यस्तै, भेलाले फाउन्डेसन स्थापना दिवसका अवसरमा आगामी मंसिर ५ मा फाउन्डेसनको आयोजना, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जा र गण्डकी मेडिकल कलेज पोखराको प्राविधिक सहयोगमा स्याङ्जाको चापाकोट ४ स्थित दार्सिङमा बृहत् स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रम गर्ने निर्णय समेत गरेको अध्यक्ष लेखनाथ शर्माले जानकारी दिए ।

भेलामा सन्जिबिनी ग्रुपका महाप्रबन्धक सन्तोष कुमार खनाल र फाउन्डेसनका अध्यक्ष शर्माले सदस्यहरुबाट उठेका प्रश्न र जिज्ञासाहरुको जवाफ दिएका थिए भने फाउन्डेसनका सदस्यहरु डा लुना अर्याल, इन्जिनियर हिमान्शु अर्याल, युक्त अर्याल, राजु बस्नेत, सागर पौडेल, कमल अर्याल, अनिल अर्याल, युबराज पौडेल, छबिलाल अर्याल, कमल शर्मा, ऋषिराम न्यौपाने लगायतले सस्थाका विविध विषयहरुका बारेमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति २०८२ कार्तिक २७ गते बुधबार ०९:०७
प्रतिक्रिया दिनुहोस्