बागलुङमा होम आईसोलेसन बसेकी एक महिलाको मृत्यु,

बागलुङमा होम आईसोलेसन बसेकी एक महिलाको मृत्यु,
२०७८ असार १४ गते सोमबार १०:३३

बागलुङमा सोमबार बिहान एक जना कोरोना संक्रमितको होम आईसोलेसनमा मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ खोलाखेतमा होम आईसोलेसनमा बसेकी ८५ बर्षिया महिलाको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश...

बागलुङमा सोमबार बिहान एक जना कोरोना संक्रमितको होम आईसोलेसनमा मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ खोलाखेतमा होम आईसोलेसनमा बसेकी ८५ बर्षिया महिलाको बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । केहि दिन पहिला बिबाह भोजमा सहभागि भएका गाउँभरीका ४३ जनामा एकै पटक संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये अधिकांश होम आईसोलेसन बसेका छन् । मृतक महिलालाई कोभिड निमोनिया भएको थियो ।

प्रकाशित मिति २०७८ असार १४ गते सोमबार १०:३३
प्रतिक्रिया दिनुहोस्