एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति ?

एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, हेर्नुहोस तोलाको कति ?
२०८२ कार्तिक २८ गते बिहिबार ११:३६

स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन प्रतितोला...

स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसतै आज चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति २०८२ कार्तिक २८ गते बिहिबार ११:३६
प्रतिक्रिया दिनुहोस्