माउन्ट अन्नपूर्ण खेल सप्ताह २०८२ को समापन

माउन्ट अन्नपूर्ण खेल सप्ताह २०८२ को  समापन
२०८२ कार्तिक २९ गते शुक्रबार ०९:१७

पोखरा, कार्तिक २८/ पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा खेल सप्ताह अन्तरगर्त रहेर बिभिन्न खेलकुदका कार्यक्रमहरुको शुक्रबार पोखरा रङगशालमा समापन गरिएको छ ।कार्तिक २६ गतेबाट शुरु भएको वार्षिक...

पोखरा, कार्तिक २८/ पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक बिद्यालयमा खेल सप्ताह अन्तरगर्त रहेर बिभिन्न खेलकुदका कार्यक्रमहरुको शुक्रबार पोखरा रङगशालमा समापन गरिएको छ ।कार्तिक २६ गतेबाट शुरु भएको वार्षिक खेल सप्ताह ‘२०८२’ अन्तर्गत तिन दिने खेल सप्ताह कार्यक्रमको समापन गरिएको बिद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले बताए।

खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गरेका थिए । खेलहरु अन्तरर्गत छात्र, छात्रा भलिबल,बाष्केटबल,हेन्डबल,दौड,

छेलो र तेक्वान्दो लगाएतका खेलहरु समावेश गरिएको अतिरिक्त क्रियाकलाप निर्देशक तेज गुरुङले बताए । समापन कार्यक्रममा बोल्दै गुरुङले खेलकुदको महत्व माथि प्रकास पार्दै खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अन्नपूर्ण अग्रपंक्ति रहेको उल्लेख गरे ।

बिद्यालयका प्राचार्य श्रेष्ठले खेलकुदले विद्यार्थीहरूको चौतर्फी विकासमा महत्तवपूर्ण भूमिका खेल्ने र आगामी दिनमा पनि खेलकुदलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा प्रशासनिक प्रमुख चित्र गुरुङ,प्रोमोटर झम गुरुङ,एकेडेमिक हेड महादेव भण्डारी, ईसए कोर्डिनेटर उमेश खनाल,स्र्पोट्स संयोजक एन्जल शेरपुर्जा लगाएत बिद्यार्थीहरुको सहभागिता रहेको थिएको । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ यो गण्डकी प्रदेकै निजि स्तरबाट सञ्चालित पहिलो बिद्यालय हो ।

प्रकाशित मिति २०८२ कार्तिक २९ गते शुक्रबार ०९:१७
प्रतिक्रिया दिनुहोस्