पोखरा मंसिर ३/ पोखरा ३ नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविका विद्यार्थीले फिष्टेल लजको अवलोकन गरेका छन् । बुधबार बिद्यालयको कक्षा १२ मा अध्यनरत विद्यार्थीले पोखराको लेकसाइडमा रहेको लजको अवलोकन गरेको प्रशासक चित्र गुरुङले बताए । विद्यार्थीलाई नियमित रुपमा होटल तथा रिसोर्टको अवलोकन तथा अध्ययन गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको गुरुङले उल्लेख गरे ।अवलोकनको लागि १ सय विद्यार्थी त्यहाँ पुगेका थिए । विद्यार्थीलाई होटलका बिभिन्न डिपार्ट, फ्रन्ट अफिस विभाग, हाउस किपिङ विभाग, फुड एन्ड बेभरेज विभाग, प्रोप्रटि र सर्भिसको बारेमा लजका पब्लिक रिलेसन अफिसर हेलेन थापाले जानकारी गराएका थिए । अबलोकन पश्चात बिद्यार्थीहरुले अब उक्त लजको बारेमा रिर्पोट तयार पार्ने र प्रयोगात्मक परिक्षाको लागि अवलोकन आवश्यक भएको होटल ब्यवस्थापनका शिक्षक सन्दिप थापाले बताए ।
अवलोकन कार्यक्रममा बिद्यालयका प्रार्चय सइन्द्रराज श्रेष्ठ,प्रशासक गुरुङ, होटल ब्यवस्थापनका शिक्षकहरु सन्दिप थापा,शिवराज काफ्ले,लेखा प्रमुख नवराज शर्माको सहभागिता रहेको थियो । माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ । यो गण्डकी प्रदेशकै निजी स्तरबाट सञ्चालित पहिलो स्कुल हो।










