पोखरा मंसिर ३/ ली बर्डले कास्कीको मादी गाउँपालिका र माछापुच्छ«े गाउँपालिकामा तयार पारिएको ट्राईको गडयौली मल उत्पादनको संयुक्त अनुगमन सम्पन्न गरेको छ । मंगलबार र बुधबार २ दिन भएको अनुगमनमा मादी गाउँपालिकामा वडा ३ र ४ त्यस्तै माछापुच्छ«े गाउँपालिकाको ३,४,६ वडाका २ सय २५ किसानले तयार पारेको ट्राईको गडयौली मलको अनुगमन गरिएको परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत अनुपम उप्रेतीले बताए ।
नेपालमा प्राकृतिक स्रोतको उपयोग मार्फत उद्यम विकास र उत्थानशिलता प्रबद्र्धन
(प्रेरणा)परियोजना अन्तरर्गत बिगत १ बर्ष देखि कास्कीका २ पालिकामाप्रेरणापरियोजना सञ्चालनमा रहेको कार्यक्रम अधिकृत उप्रेतीले उल्लेख गरे । कार्यक्रममा आार्थिक सहयोग वेयर फाउनडेसन र कार्यनवयन संस्थाहरु आई डी र्ई नेपाल र ली बर्ड रहेको छन् ।
प्रेरणापरियोजनाले प्राङगारिक मल ट्राईको गडयौली मल उत्पादन र प्रबद्र्धन गर्न सहयोग पुगेको र रसायनिक बिषदी मलको प्रयोग घटाउनुका साथै साना किसानको बाली उत्पादनमा र आयआर्जनमा बृद्धि भएको ली बर्डका मार्केटिङ्ग सुपरभाईजर टुक प्रसाद शर्माले बताए ।
मादी गाउँपालिकामा भएको अनुगमन कार्यक्रममा मा मादी गाउँपालिकाका वडा अध्यक्ष देविजङ्ग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा ३ का वडा अध्यक्ष विकास गुरुङ, वडा ४ का अध्यक्ष शिव प्रसाद सापकोटा,तारकाङ कृर्षि सहकारीका अध्यक्ष्रका बुद्धि सागर सापकोटा, थुमाकोडाँडा साना किसान कृषि सहकारीका अध्यक्ष देवी गुरुङ लगाएतको सहभागिता रहेको थियो । सोहि परियोजनाले पोखरा १८ सराङकोटमा रहेको ठोटने खोला सामुदायिक बन उपभोक्ता समुहमा प्राङ्गारिक पर्दाथहरुलाई संकलन गरि ट्राईको गडयौली मल उत्पादन समेत गरिरहेको छ ।












