पोखरा मंसिर ८/ नेपाल स्काउटले पोखराको गैह्रापाटनामा रहेको नविन मा.विमा खोज,उद्धार, अपत्कालिन अवस्थाको बारेमा छलफल भएको छ । प्रदेश स्काउट कार्यलय गण्डकी प्रदेको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमूख अतिथी पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले स्काउटको महत्वको बारेमा बोलेका थिए । अध्यक्ष पराजुलीले विदेशी तथा स्वादेशी सम्पूर्ण स्काउट तथा विभिन्न संघ–संस्थामा आवद्ध विशिष्ट अतिथी तथा अतिथीहरुलाई सुन्दर नगरी पोखरामा हार्दिक स्वागत गर्दै वडा नं. ४ को एकमात्र सामुदायिक विद्यालय नवीन मा.वि.लाई यस प्रकारको महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरेकोमा आभार ब्यक्त गरे ।
यस्तै कार्यक्रममा नेपाल स्काउट, गण्डकी प्रदेशका कार्यकारी अधिकृत विजय पौडेलले स्वागत मन्त्व्य राखेका थिए । त्यस्तै इन्टरनेशनल स्काउट भोलिन्टिएर ग्रुप, नेपालका अध्यक्ष अजित खड्काले कार्यक्रमको औचित्य तथा उद्धेश्यमाथि प्रकाश पारेका थिए ।कार्यक्रममा इन्टरनेशनल स्काउट भोलिन्टिएर ग्रुप, वल्र्ड काउन्सिल यू.के.का जनरल कमिसनर डा. मुगे सि कोक्स, इन्टरनेशनल स्काउट ग्रुप, डिसाबिलिटी एण्ड स्पेशल निड, यू.के.का जनरल कमिसनर मेलिसा कोक्स, हाइसन कल्चर मिडिया, चीनका प्रतिनिधी खुदे मो र टर्कीका गोरखानले स्काउटिङको महत्वबारे बताएका थिए ।
कार्यक्रममा जना गल्स तथा व्वाई स्काउटहरुलाई इन्टरनेशनल स्काउट भोलिन्टिएर ग्रुप, वल्र्ड काउन्सिल यू.के.का जनरल कमिसनर डा. मुगे सि कोक्सले प्राथमिक उपचार र इन्द्राणी शर्माले योग तथा मेडिटेसन सम्वन्धि तालिम प्रदान गरेका थिए ।
तालिममा सहभागी स्काउट भाइबहिनीहरुलाई कार्यक्रमका प्रमूख अतिथी तथा विशिष्ट अतिथीहरुबाट सहभागिताको प्रमाणपत्र वितरण गरेका हुन् ।कार्यक्रममा स्काउटमा आबद्ध ५० जना बिद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक गौरी देवी पौडेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नवीन माध्यमिक विद्यालयका शिक्षक तथा नवीन स्काउट ग्रुपका स्काउट मास्टर रमेश परियारले गरेका हुन् ।










