अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयमा निशुल्क दन्त परिक्षण

अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयमा निशुल्क दन्त परिक्षण
२०८२ मङ्सिर २३ गते सोमबार ०५:२०

पोखरा,मंसिर २२/ कास्कीको अन्नपूर्ण गाउँपालिका ३ मा रहेका अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयमा निशुल्क दन्त परिक्षणको आयोजना भएको छ । सोमबार भएको दन्त परिक्षणमा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस, कान्तिपुर डेन्टल हस्पिटल...

पोखरा,मंसिर २२/ कास्कीको अन्नपूर्ण गाउँपालिका ३ मा रहेका अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयमा निशुल्क दन्त परिक्षणको आयोजना भएको छ । सोमबार भएको दन्त परिक्षणमा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस, कान्तिपुर डेन्टल हस्पिटल र रोटरी क्लब अफ पोेखरा न्युरोडको पोखराको प्राबिधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक गंगा त्रिपाठीले जानकारी दिइन् । दन्त परिक्षणबाट शिक्षालयमा रहेका ६० जना बिद्यार्थी २१ जना कर्मचारी लाभाम्बित भएका थिए । कार्यक्रममा बोल्दै शिक्षालयका प्रमुख शरद कोइरालाले सहयोगि संस्थालाई धन्यबाद दिदै यस्ता स्वास्थय सम्बन्धीत कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । कान्तिपुर डेन्टल हस्पिटलका डाक्टर समिप बरालले ग्रामिण भेगमा रहेको शिक्षलयमा रहेका बिद्यार्थीहरुलाई सेवा प्रदान गर्दा दाँत सम्बन्धी हुने समस्याबाट बिद्यार्थी सचेत हुने उल्लेख गरे । २०७६ सालमा स्थापाना भएको सिटिइभिटिबाट सम्बन्धन प्राप्त शिक्षालयमा हाल कृषि र भेटेनरी बिषयमा पढाइ हुन्छ भने नेपालको बिभिन्न जिल्लाबाट बिद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति २०८२ मङ्सिर २३ गते सोमबार ०५:२०
प्रतिक्रिया दिनुहोस्