पोखरा मंसिर २४/ मनोसामाजिक अपाङ्गगाको क्षेत्रमा पैरवी गर्दै आइरहेको संस्था कोशिश कास्कीले ध्यानार्कषण गराएको छ । संस्थाले मंगलबार पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान अन्तरर्गत रहेको मानसिक रोग बिभाग र पोखरा महानगरपालिकामा ध्यानार्कषण गराएको कोशिश कास्कीका अध्यक्ष अर्जुन सुनारले जानकारी दिए । ध्यानार्कषणपत्र प्रतिष्ठानमा डाक्टर लिपा बैद्य र मानकाजी थापालाई त्यस्तै महानगरपालिकामा उपप्रमुख मञ्जुदेवी गुरुङ समक्ष ध्यानार्कषण गराएको अध्यक्ष सुनारले उल्लेख गरे ।
मानसिक स्वास्थ समस्या भएका ब्यक्तिहरुलाई अपाङ्गगता परिचय पत्र गर्नको लागि मनोचिकित्सकले नै पहिचान पत्र सहजरुपमा उपलब्ध गराउने र अपाङ्गगता भएका ब्यक्ति ऐन २०७४ अनुसार मनोसामाजिक अपाङ्गगता भएका ब्यक्तिहरुलाई पनि अन्य प्रकारका ब्यक्तिहरु समान र सहजरुपमा अपाङ्गगाता परिचय पत्र उपलब्ध गराउने मुख्य माग रहेको अध्यक्ष सुनारले जानकारी दिए । दुबै पक्षले मागहरु प्रति सकारत्मक रहेको बताउदै माग सम्बोधन तर्फलाग्ने उल्लेख गरे ।











