गितकार सागर बास्तोलाको माया मर्दैन सार्वजनिक (भिडियो सहित)

गितकार सागर बास्तोलाको माया  मर्दैन सार्वजनिक (भिडियो सहित)
२०८२ पुस ६ गते आईतबार ०९:२४

पोखरा पुस ६/ एभरेष्ट ग्यालरीको निर्माणमा बनेको सामाजिक गीतको भिडियो ‘माया गर्दैन’ सार्वजनिक गरिएको छ । गीतकार सागर बास्तोलाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपानेलगायत...

पोखरा पुस ६/ एभरेष्ट ग्यालरीको निर्माणमा बनेको सामाजिक गीतको भिडियो ‘माया गर्दैन’ सार्वजनिक गरिएको छ । गीतकार सागर बास्तोलाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा कलाकार सनम कठायत र कविता न्यौपानेलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

सनम कठायतले पछिल्लो सार्वजनिक म्युजिक भिडियो ‘माया गर्दैन’ आफूका लागि विशेष महत्व बोकेको बताउनुभएको छ । मोडल कठायतको जन्मस्थान साविकको डोटी जिल्ला शिखर नगरपालिका–३ सालगाउँमा छायांकन गरिएको यस गीतको भिडियोमा मोडल स्वयं कठायतसँगै उहाँका बुवा नवराज कठायत, आमा लिलादेवी कठायत, अंकल गणेश कठायत, आन्टी नन्दादेवी कठायत तथा भाइ कैलाश कठायतको समेत अभिनय छ ।

निर्देशक जनक सिंहको परिकल्पनामा निर्माण भएको उक्त गीतको भिडियोमा दीपक गिरी र गणेश साउदको छायांकन तथा प्रविधि संयोजन, अमृत चापागाईंको सम्पादन र कैलाश कठायतको निर्देशन छ । मेलिना रार्इ र चक्रन जलको स्वर, सागर बास्तोलाको शब्द तथा गायक स्वयंकै संगीत रहेको छ यसमा ।
एभरेष्ट ग्यालरीको प्रविधिमैत्री प्रचारप्रसारको राष्ट्रिय अभियान ‘दृश्यमा नेपाल’ अन्तर्गत सुदूरपश्चिम प्रदेशको सामाजिक जनजीवनको एक अंश भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियो लिङक्

प्रकाशित मिति २०८२ पुस ६ गते आईतबार ०९:२४
प्रतिक्रिया दिनुहोस्