तमानखोलामा शून्य संक्रमित भएको ११ दिनमै ५ स्वास्थ्यकर्मी सहित ४१ संक्रिय संक्रमित,

तमानखोलामा शून्य संक्रमित भएको ११ दिनमै ५ स्वास्थ्यकर्मी सहित ४१ संक्रिय संक्रमित,
२०७८ असार १४ गते सोमबार ०७:३८

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा ५ स्वास्थ्य कर्मी सहित कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ । लक्षण सहितका बिरामी धेरै भेटिए पछि केहि दिन पहिला ४३ जनाको स्वाव संकलन गरि पिसिआरको लागि बाग्लुङ पठाईएकोमा २२ जनाका...

स्वाथ्यकर्मी नै संक्रिमित हुदाँ उपचार गर्न समस्या.....

बागलुङ जिल्लाको तमानखोला गाउँपालिकामा ५ स्वास्थ्य कर्मी सहित कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ ।
लक्षण सहितका बिरामी धेरै भेटिए पछि केहि दिन पहिला ४३ जनाको स्वाव संकलन गरि पिसिआरको लागि बाग्लुङ पठाईएकोमा २२ जनाका संक्रमण देखिएको हो । तमानखोला गाउँपालिका १ बोंगादोभान बजारमा मात्र अहिले ३९ जना कारोनाका सक्रिय संक्रमित रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलक छन्त्यालले बताउनुभयो ।
संक्रमित मध्यबाट ४ जनालाई अक्सिजनको सहायतामा राखिएको छ भने कोभिड–१९ को उपचार, नियन्त्रण तथा रोकथाम गर्न फ्रन्टलाईनमा खटिने ५ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । पालिकामा संक्रिय संक्रमितको संङ्ख्या बढ्दो छ तर उपचार गर्ने स्वाथ्यकर्मी नै संक्रिमित हुदाँ उपचार गर्न समस्या भैरहेको संयोजक छन्त्यालको भनाई छ ।
बोंगादोभान बजारमा ३९ जना सगैँ तमानखोला भित्र अहिले ४१ जना कोभिड–१९ को सक्रिय संक्रमित पुगेका छन,संयोजक छन्त्यालले भन्नुभयो‘ हामीले पालिकामा सक्रिय संक्रमितको सङ्ख्या शुन्यमा झार्ने हरदम प्रयास गरिरहेका छौँ । तर केहिले लक्षण देखिए पछि पनि समयमै परीक्षण गर्न नमान्दा तथा बेवास्ता गर्दा संक्रमण न्यूनिकरणमा समस्या परेको छ ।’
गत असार ३ गते बिहिबार एकैदिन ९ जना कोरोना संक्रमित निको भए सङ्गै तमानखोला गाउँपालिकामा कोभिड–१९ को सक्रिय संक्रमितकोे संख्या शून्य भएको थियो । तर असार १४ गते सोमबार सम्ममा आईपुग्दा संक्रिय संक्रमितको संख्या क्रमशः४० बाट उकालो लागेको छ ।
गाउँपालिकामा कोभिड–१९ दोस्रो लहरमा अहिलेसम्म पिसिआर विधिबाट २७५ जना र एन्टिजेन विधिबाट ४५ जना गरि कुल ३२० जनाको परिक्षण गरिएको छ । जसमा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो लहरको कोरोना संक्रमणबाट पालिकामा २ जना संक्रमितले ज्यान गुमाएका छन् भने १३८ जना संक्रमण मुक्त भई डिस्चार्ज भएको संयोजक छन्त्यालले जानकारी दिनुभयो ।
जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरी जिम्मेवार बन्नुहुन साथै कोभिड–१९ संग मिल्दो जुल्दो लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न गाउँपलिकाले आग्रह गरेको छ । बोंगादोभान बजार क्षेत्रमा लक्षण सहितका विरामी बढि संङ्ख्यामा भेटिन थालेसंगैँ गत असार ११ गते देखि जारी गरिएको निषेधाज्ञा १७ गते राति १२ बजे सकिदैँछ ।

प्रकाशित मिति २०७८ असार १४ गते सोमबार ०७:३८
प्रतिक्रिया दिनुहोस्