पोखरा माघ १५/ पोखरा, ११रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको आयोजनामा “स्वास्थ्य र सम्मानका लागि दौड” भन्ने मुल उद्देश्यले मेडिप्लस –इसिएचएस भारतिय भूतपूर्व सैनिक स्वास्थ्य दौड–२०८२ माघ १६ गते शुक्रबार हुने भएको छ।
स्वास्थ्य, सम्मान तथा सामाजिक सद्भाव अभिवृद्धि गर्नका लागि कार्यक्रम आयोजना गरिएको हस्पिटलले जनाएको छ ।उक्त दौड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको हस्पिटलले जनाएको छ। दौड बिहान ठिक ७ बजे अमरसिंह चौर बाट प्रारम्भ भई सोहि चौरमै पुगेर समापन हुने छ।दौड अमरसिंह चौर बाट शुरु भई बुद्धचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, रानीपौंवा पेट्रोल पम्प, गण्डकी हस्पिटल हुदै अमरसिंह चौरमा पुग्दा ५ कि.मि. दूरीमा सञ्चालन हुने छ।
कार्यक्रमलाई व्यवस्थीत, अनुशासति तथा सुरक्षीत तवरले सम्पन्न गर्नका लागि नेपाल भूतपूर्व खेलाडी मन्च सँग प्राविधिक साझेदारी गरिएको छ । दौडमा सहभागिता जनाउनको लागि उल्लेख रुपमा भारतिय भूतपूर्व सैनिकले नामा दर्ता गराएको आयोजकले जनाएको छ।त्यस्तै क्रममा सार्वजनिक शान्ति–सुरक्षा, यातायात व्यवस्थापन, सरसफाइ तथा स्थानीय प्रशासनसँग सहकार्य भएको हस्पिटलले जनाएको छ ।
कार्यक्रममा सहभागीहरूको सुरक्षालाई विशेष प्राथमिकतामा राखी आवश्यक स्वास्थ्य सेवा, प्राथमिक उपचार, एम्बुलेन्स, स्वयंसेवक परिचालन तथा ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरिएको संस्थाले जनाएको छ ।










