भारतिय भूतपूर्व सैनिक दौडको उपाधि राजु शर्मालाई

भारतिय भूतपूर्व सैनिक दौडको उपाधि राजु शर्मालाई
२०८२ माघ १७ गते शुक्रबार ०४:०६

पोखरा, माघ १६/ पोखरा ११ रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको आयोजनामा शुक्रवार भएको भारतिय भूतपूर्व सैनिक मेडिप्लस –इसिएचएस ६ किमि दौडको उपाधि राजु शर्माले जितेका छन् । उनले निधारित दुरी २० मिनेट ५४.६५ सेकेन्डमा...

पोखरा, माघ १६/ पोखरा ११ रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको आयोजनामा शुक्रवार भएको भारतिय भूतपूर्व सैनिक मेडिप्लस –इसिएचएस ६ किमि दौडको उपाधि राजु शर्माले जितेका छन् । उनले निधारित दुरी २० मिनेट ५४.६५ सेकेन्डमा पुरा गरेका हुन् ।उपाधि जितेका शर्माले नगद २५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । “स्वास्थ्य र सम्मानका लागि दौड” भन्ने उद्धेश्यले आयोजना गरिएको दौडमा २ सय जना भारतिय भूतपूर्व सैनिक सहभागि भएका हुन् । त्यस्तै दौडमा हिरा बहादुर गुरुङ दोस्रो भए उनले निधारित २२ मिनेट ३८.०८ सेकेन्डमा पुरा गर्दा नगद १५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो भएका भक्क्त बहादुर गुरुङले निधारित दुरी २२ मिनेट ४१.३७ सेकेन्डमा पार गरे, उनले नगद १० हजारको साथमा मेडल र प्रमाणपत्र हात पर्दा, किशोर थापा चौथो भए भने कमल गुरुङले पाचौँ स्थान प्राप्त गर्न सफल भएको हस्पिटलका प्रमुख सञ्चालन अधिकृत तथा कार्यक्रम संयोजक प्रकाश विकले जानकारी दिए। उक्त दौड अमरसिह चौर बाट शुरु भएर बुद्धचोक,पृथ्वीचोक,नयाँबजार,महेन्द्रपुल,रानिपौवा पेट्रोल पम्प,गण्डकी हस्पिटल हुदै अमरसिह चौरमानै पुगेर समापन भएको थियो ।

कार्यक्रममा हस्पिटलका अध्यक्ष डा.आनन्द भट्टराई, प्रमुख सञ्चालन अधिकृत प्रकाश विक, एम्बेसी अफ इन्डियाका अश्विन नारायणकर ,भूतपूर्व भारतीय सैनिक संघ पोखराका अध्यक्ष कर्नेल कृष्ण बहादुर खत्री,हस्पिटलका मेडिकल डाइरेक्टर सरोज पोख्रेल, हस्पिटलका निर्वतमान अध्यक्ष रमेश थापा,सञ्चालक समितिका सदश्यहरु डा.निरज रंजित रामजी प्रसाद वास्तोला,सि.ए विक्रम पराजुली,कम्पनी सचिव गौतम पौडेल,कार्य सम्पादन समिति सदस्यहरु धिरज थापा, भुवन बहादुर क्षेत्री,सविन जिसी,नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङ लगाएतको सहभागिता रहेको थियो । स्वास्थ्य, सम्मान तथा सामाजिक सद्भाव अभिवृद्धि गर्नका लागि कार्यक्रम आयोजना गरिएको हस्पिटलले जनाएको छ ।कार्यक्रमलाई व्यवस्थीत, अनुशासति तथा सुरक्षित बनाउनको लागि नेपाल भूतपूर्व खेलाडी मञ्च सँग प्राविधिक साझेदारी गरिएको थियो ।

प्रकाशित मिति २०८२ माघ १७ गते शुक्रबार ०४:०६
प्रतिक्रिया दिनुहोस्