बागलुङ बजारका ६ जुवाडे प्रहरी खोरमा

बागलुङ बजारका ६ जुवाडे प्रहरी खोरमा
२०७८ असार १४ गते सोमबार ०९:२६

बागलुङ बजारबाट जुवा खेलेको आरोपमा ६ जना जुवाले नगद सहित ६ प्रहरी खोरमा पुगेका छन् । प्रहरीको फन्दामा पुगेका जुवाडेहरुमा बागलुङ नगरपालिका–३ का राजेन्द्र धमाला, घरधनी डोलेन्द्र केसी, सोही स्थानका राजेन्द्र गौडेल, बीरगंज महानगरपालिका...

बागलुङ बजारबाट जुवा खेलेको आरोपमा ६ जना जुवाले नगद सहित ६ प्रहरी खोरमा पुगेका छन् ।

प्रहरीको फन्दामा पुगेका जुवाडेहरुमा बागलुङ नगरपालिका–३ का राजेन्द्र धमाला, घरधनी डोलेन्द्र केसी, सोही स्थानका राजेन्द्र गौडेल, बीरगंज महानगरपालिका घर भएका मनोज शाह, बानपा १ का राजु बर्देवा र गोरखा घर भएका कृष्ण सुनार रहेको हवारीले बताउनुभयो ।

बागलुङ नगरपालिका–३ शिवधाराचोकको एक घरमा जुवा खेलेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ३५ हजार ६ सय रुपैयाँ नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

यसबारेमा थप अनुसन्धान भइरहेको र अनुसन्धान पश्चात कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ असार १४ गते सोमबार ०९:२६
प्रतिक्रिया दिनुहोस्