लोक दोहोरी स्टार सिजन १ मा अनिल चापागाईंको भावुक अपिल : टप ८ प्रवेशका लागि दर्शकसँग भोटको लागि आग्रह

लोक दोहोरी स्टार सिजन १ मा अनिल चापागाईंको भावुक अपिल :  टप ८ प्रवेशका लागि दर्शकसँग  भोटको लागि आग्रह
२०८२ फाल्गुण १३ गते बुधबार ०८:५२

पोखरा फागुन १२/ नेपालकै चर्चित रियालिटी शो लोक दोहोरी स्टार सिजन १ मा प्रतिस्पर्धा गर्दै आएका गायक अनिल चापागाईंले दर्शकको साथ र मायाप्रति आभार व्यक्त गरेका छन्।‘यात्रा टप ८’ को चरण नजिकिँदै गर्दा उनले हालसम्मको यात्रा आफ्ना लागि...

पोखरा फागुन १२/ नेपालकै चर्चित रियालिटी शो लोक दोहोरी स्टार सिजन १ मा प्रतिस्पर्धा गर्दै आएका गायक अनिल चापागाईंले दर्शकको साथ र मायाप्रति आभार व्यक्त गरेका छन्।‘यात्रा टप ८’ को चरण नजिकिँदै गर्दा उनले हालसम्मको यात्रा आफ्ना लागि अविस्मरणीय बनेको बताएका छन्। विभिन्न चरण पार गर्दै अघि बढेका अनिललाई उनका आदरणीय कोच अमृत खातीले थप हौसला र विश्वासका साथ अगाडि बढ्ने जिम्मेवारी दर्शकमा सुम्पिएको उनले उल्लेख गरे।

कोचबाट पाएको माया जस्तै भोटिङ राउण्डमा पनि दर्शकको अतुलनीय साथ, माया, हौसला र आशीर्वादका कारण आफू टप १२ मा प्रवेश गर्न सफल भएको अनिलको भनाइ छ। “आज बल्ल महसुस भयो— मसँग पनि असंख्य अभिभावकहरू हुनुहुँदो रहेछ,” उनले भावुक हुँदै भने। दर्शकप्रति कृतज्ञता व्यक्त गर्दै उनले आफू जीवनभर ऋणी रहने बताए।

अब टप ८ सम्म पुग्न पुनः दर्शकको साथ आवश्यक रहेको भन्दै उनले भोट गर्न आग्रह गरेका छन्। उनका अनुसार AVENTOZ एप डाउनलोड गरी ‘लोक दोहोरी स्टार’ भित्र गएर Team Amrit अन्तर्गत अनिल चापागाईंलाई भोट गर्न सकिनेछ। साथै, इसेवा मार्फत Voting and Event मा गएर पनि भोट गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए।

प्रतियोगिताको प्रतिस्पर्धा झन् कडा बन्दै गइरहेको अवस्थामा अनिलले दर्शकको निरन्तर माया र समर्थन नै आफ्नो मुख्य शक्ति भएको बताएका छन्। अनिल कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिक ८ बिरेठाटिमा जन्म भई हाल पोखरालाई कर्म थलो बनाउदै पोखरामा रहेको फेवा रोधी क्लबमा आबद्ध रहेका छन् ।

प्रकाशित मिति २०८२ फाल्गुण १३ गते बुधबार ०८:५२
प्रतिक्रिया दिनुहोस्