पोखराबाट जुवातास खेल्दै गरेका ५ जना पक्राउ

पोखराबाट जुवातास खेल्दै गरेका ५ जना पक्राउ
२०८२ फाल्गुण २६ गते मङ्गलबार ०७:४१

पोखरा फागुन २६/ जिल्ला प्रहरी कार्यालय कास्की ले पोखरा महानगरपालिका–११ अकलादेवी क्षेत्रबाट जुवातास खेल्दै गरेका पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८२ फागुन २५ गते दिउँसो करिब ४ः३० बजेको समयमा सो स्थानमा जुवातास खेलिरहेको...

पोखरा फागुन २६/ जिल्ला प्रहरी कार्यालय कास्की ले पोखरा महानगरपालिका–११ अकलादेवी क्षेत्रबाट जुवातास खेल्दै गरेका पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८२ फागुन २५ गते दिउँसो करिब ४ः३० बजेको समयमा सो स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। टोलीले उक्त स्थानमा छापा मार्दा जुवातास खेलिरहेका पाँच जनालाई नगद रु ११ हजार ८५५ र एक बुक ताससहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालय कास्की बाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता सम्बन्धी कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा दिन १० को म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८२ फाल्गुण २६ गते मङ्गलबार ०७:४१
प्रतिक्रिया दिनुहोस्