पोखरानेकपा(एमाले)कास्कीका पुराना नेता तथा केन्द्रिय सदस्य कृष्ण थापाको निधन भएको छ ।
निर्वाचनको समिक्षा बैठक चलिरहेको समयमै पार्टी कार्यालयमै एक्कासी ढल्नु भएका थापालाई तत्कालनै उपचारको लागि मणिपाल अस्पताल पुर्याइएका थापाको उपचारको क्रममा निधन भएको हो ।
कास्कीको कम्युनिष्ट आन्दोलनका नेता रहेका थापा २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित हुनुभएको थियो । गण्डकी प्रदेशको पुर्व सांसद समेत रहनुभएका थापा गत स्थानिय निर्वाचनमा पोखराको मेयर पदका एमालेको उम्मेदवार हुनुन्थ्यो ।
उहाँको निधनले एमालेमा अपुरणिय क्षती पुगेको छ । स्वर्गिय थापा प्रति हाम्रो पनि हार्दिक श्रध्दाञ्जलि ।
प्रकाशित मिति २०८२ फाल्गुण २८ गते बिहिबार ०४:१८