पोखराको डिज्नील्यान्डमा १८ डी सिनेमाको कलाकार राजेश हमालद्वारा उद्घाटन

पोखराको डिज्नील्यान्डमा १८ डी सिनेमाको कलाकार राजेश हमालद्वारा उद्घाटन
२०८२ चैत ६ गते शुक्रबार ०९:३९

पोखरा । साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा मनोरञ्जनका लागि नयाँ आयाम थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक सुरु गरेको यस फ्लाइ नेपालले पोखराको डिज्नील्यान्ड...

पोखरा । साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा मनोरञ्जनका लागि नयाँ आयाम थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ ।

नेपालमै पहिलोपटक सुरु गरेको यस फ्लाइ नेपालले पोखराको डिज्नील्यान्ड लेकसाइडमा सञ्चालनमा ल्याएको हो । कलाकार राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गरे । हमालले सिनेमाको सहर पोखराले फरक शैलीको अनुभव गर्न पाउने बताए ।

‘पोखरा आफैंमा सुन्दर सहर हो । यहाँ धेरै सिनेमा सुटिङ हुने गर्छन् । सिनेमाको विजनेशको हिसाबले पनि पोखरामा मान्ने गरिन्छ । यो सिनेमा मात्र नभएर एउटा नयाँ संसारको यात्रा हो,’ उनले भने । फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफलतापूर्वक सञ्चालनपछि दर्शकको अत्यधिक माया र सकरात्मक प्रतिक्रियाले पोखरामा विस्तार गरिएको जनाए ।

काठमाडौंको भन्दा पोखराको १८ डी प्रविधिमा राम्रो रहेको उनको भनाइ छ । उच्च प्रविधि र सिर्जनात्मक कथालाई संयोजन गर्दै आम दर्शकलाई नयाँ किसिमको मनोरञ्जनको अनुभव प्रदान गर्नु फ्लाइ ओभरको लक्ष्य रहेको उनले सुनाए । ‘‘यो सिनेमाका धेरै विशेषता छन् । १० देखि ३० मिनेटसम्म रोमाञ्चक फिल्मको अनुभव गर्न सकिन्छ । कुनै चश्मा वा हेडसेट बिना प्रत्यक्ष अनुभति लिनको लागि सबै उमेर समूहलाई उपयुक्त हुन्छ,’ उनले भने ।

यस सिनेमामार्फत १७ वटा फरक फरक कथात्मक संसारमा प्रवेश गर्न सकिन्छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टका निर्देशक हिमाल थापाले साहसिक गतिविधिको सहर पोखरामा सिनेमाको अनुभव अझै फराकिलो बन्ने बताए । ‘अब पोखरेली दर्शकले साहसिकता केवल बाहिरी संसारमा मात्र नभई भित्री रुपमा पनि अनुभूत गर्न पाउँछन्,’ उनले भने ।

प्रकाशित मिति २०८२ चैत ६ गते शुक्रबार ०९:३९
प्रतिक्रिया दिनुहोस्