पोखरा चैत १२/ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चैत १६ गते पोखरा आउनुहुने भएको छ । उज्यालो नेपाल पार्टी कास्की जिल्लाको आयोजनामा हुने गण्डकी प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्नको लागि घिसिङ पोखरा आउन लाग्नुभएको पोखरा महानगर संयोजक जेवी गुरुङले जानकारी दिनुभयो ।
पोखराको रङशाला गेट अगाडि रहेको पञ्चकोशि समाज घरमा कार्यक्रम हुने संयोजक गुरुङले खुलाए । कार्यक्रममा घिसिङले आफ्नो निति नेतृत्व र अब आउने दिनमा पार्टीको रणनिति,कार्यदिशाको बारेमा स्पष्ट पार्ने पार्टीले जनाएको छ ।
प्रकाशित मिति २०८२ चैत १२ गते बिहिबार ०७:५०