मानव सेवा आश्रममा निःशुल्क दन्त शिविर ९० जनाले लिए सेवा

मानव सेवा आश्रममा निःशुल्क दन्त शिविर  ९० जनाले लिए सेवा
२०८२ चैत २० गते शुक्रबार ०३:२९

पोखरा चैत २०/ पोखराको न्युरोडमा रहेको कान्तिपुर डेन्टल हस्पिटलको आयोजनामा तथा लक्ष्मी सनराइज बैंकको सहकार्यमा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा आयोजित उक्त शिविरमा...

पोखरा चैत २०/ पोखराको न्युरोडमा रहेको कान्तिपुर डेन्टल हस्पिटलको आयोजनामा तथा लक्ष्मी सनराइज बैंकको सहकार्यमा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा आयोजित उक्त शिविरमा आश्रममा आश्रित ८६ जना सहित कर्मचारी समेत गरी करिब ९० जनाले सेवा लिएको हस्पिटलले जनाएको छ। शिविरमा बोल्दै कान्तिपुर डेन्टल हस्पिटलकी प्रतिनिधि बृष्टि गुरुङले समाजका सबै वर्गमा सेवा भाव फैलाउने उद्देश्यले निःशुल्क दन्त सेवा प्रदान गरिएको बताउनुभयो।

उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक तथा पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतले कान्तिपुर डेन्टल हस्पिटलप्रति आभार व्यक्त गर्दै संस्थाको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो। शिविरमार्फत आश्रममा रहेका व्यक्तिहरूको दन्त परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति २०८२ चैत २० गते शुक्रबार ०३:२९
प्रतिक्रिया दिनुहोस्