फेवा शिक्षा सदनमा यूकेजीका ५० विद्यार्थी दिक्षित, बालमैत्री शिक्षामा जोड

फेवा शिक्षा सदनमा यूकेजीका ५० विद्यार्थी दिक्षित, बालमैत्री शिक्षामा जोड
२०८२ चैत २२ गते आईतबार ०४:४९

पोखरा चैत २२/ पोखराको गणेशटोलस्थित फेवा शिक्षा सदनका ५० जना विद्यार्थी दिक्षित भएका छन्। विद्यालयले शनिबार आयोजना गरेको दिक्षान्त समारोहमार्फत कक्षा यूकेजीका विद्यार्थीलाई औपचारिक रूपमा दिक्षित गरिएको हो। समारोहको उद्घाटन...

पोखरा चैत २२/ पोखराको गणेशटोलस्थित फेवा शिक्षा सदनका ५० जना विद्यार्थी दिक्षित भएका छन्। विद्यालयले शनिबार आयोजना गरेको दिक्षान्त समारोहमार्फत कक्षा यूकेजीका विद्यार्थीलाई औपचारिक रूपमा दिक्षित गरिएको हो। समारोहको उद्घाटन इसिइसि पोखराका निर्देशक प्रदीप पराजुलीले गरेका थिए। कार्यक्रममा विद्यालयका प्राचार्य अच्युत पाण्डेले न्यून शुल्कमा मन्टेश्वरी स्तरको शिक्षा प्रदान गर्दै आएको जानकारी दिए। उनले बाबुनानीहरूलाई खेल्दै सिक्ने वातावरणमार्फत अध्ययनसँगै व्यवहारिक ज्ञानसमेत हासिल गराउने प्रयास भइरहेको बताए। यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

निर्देशक पराजुलीले बालबालिकाको सिकाइ प्रक्रियामा वातावरणको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै फेवा शिक्षा सदनमा बालमैत्री वातावरण रहेको बताए। विद्यालयका सहप्राचार्य प्रमोद पाण्डेले विद्यार्थीलाई संस्कारसहितको गुणस्तरीय शिक्षा दिन विद्यालय प्रतिबद्ध रहेको जिकिर गरे। अभिभावक टेकनाथ सापकोटाले विद्यालयले बालबालिकाको मनोभावना बुझेर शिक्षण गर्ने भएकाले वर्तमान समाज सुहाउँदो शिक्षा प्राप्त हुनेमा आफू विश्वस्त रहेको धारणा राखे। कार्यक्रममा कक्षा यूकेजीकी शिक्षिका सीता ढकालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। दिक्षित विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन पूर्व प्राथमिक इन्चार्ज पूजा मगरले गरेकी थिइन्।दिक्षित विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला शर्मा, प्राचार्य अच्युत पाण्डे, निर्देशक प्रदीप पराजुली तथा सहप्राचार्य प्रमोद पाण्डेले प्रमाणपत्र वितरण गरेका थिए।

प्रकाशित मिति २०८२ चैत २२ गते आईतबार ०४:४९
प्रतिक्रिया दिनुहोस्