पूर्व राष्ट्रसेवक तथा नागरीक संघले चैत २१ गते पोखरा महानगरपालिका ३० शिशुवामा कार्यलय उद्घाटन तथा २०८३ वार्षिक क्यालेण्डर विमोचन सम्पन गरेको छ ।
यस कार्यक्रममा कास्की जिल्लाको कार्यलय उद्घाटन यसै संस्थाका केन्द्रीय अध्यक्ष चेत बहादुर रावलको प्रमुख आतिथ्यतामा भएको थियो भने सभा अध्यक्ष कास्की जिल्ला अध्यक्ष श्री रमन बहादुर बस्नेत हुनुहुन्थ्यो | विशिष्ट अतिथि संरक्षक शिव प्रसाद न्यौपाने, सल्लाहकार संयोजक सोमलाल कडेल, कानुनी सल्लाहकार संयोजक मदन प्रसाद तिवारी हुनुहुन्थ्यो र अतिथिमा केन्द्रीय पदाधीकारीहरु कास्की जिल्ला इन्चार्ज रामचन्द्र थापा, स्याङ्जा जिल्लाका इन्चार्ज शेरवहादुर खत्री क्षेत्रि हुनुहुन्थ्यो | कार्यक्रम कास्की जिल्लाकी सचिव अनिता पौडेलले संचालन गरेकी थिइन यसै संस्थाका आजीवन सदस्य तथा जागृति आमा समुहकि अध्यक्ष, इन्चार्ज, विशिष्ट अतिथि र प्रमुख अतिथि ज्यूले शुभकामना मन्तव्य राखी अध्यक्षज्यूले कार्यक्रम समापन गर्नुभयो ।

पूर्व राष्ट्रसेवक तथा नागरिक संघले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको संघका केन्द्रिय अध्यक्ष चेतबहादुर रावल प्रविनले बताउनुभयो ।
क्यालेण्डर बिमोजनको कार्यक्रम केन्द्रीय सचिव सुन्दर शर्माले सञ्चालन गर्नुभयो । यस कार्यक्रमको सभा अध्यक्ष केन्द्रीय अध्यक्ष चेतबहादुर रावल र प्रमुख अतिथी संरक्षक शिवप्रसाद न्यौपाने, अतिथी कानुनी सल्लाहकार संयोजक मदन प्रसाद तिवारी , केन्द्रिय समितिका सल्लाहकार संयोजक सोमलाल कडेल, शुक वहादुर तिमिल्सिना, कास्की जिल्लाका अध्यक्ष रमन बहादुर बस्नेत, कास्की जिल्लाका इन्चार्ज, स्याङ्जाका इन्चार्ज साथै केन्द्रिय पदाधिकारीहरुको उपस्तिथीमा क्यालेण्डर बिमोचन गरियो | कार्यक्रम उत्साहजनक सहभागितासहित भव्यताका साथ सम्पन्न भयो ।










