अपांगता भएका बालकको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वढा नं. १, बुर्तिबाङ बजारमा रहेका युवराज कँडेलका अपांगता भएका छोरा भरत कँडेलको उपचारका लागि उक्त राहत रकम संकलन गरिएको थियो ।
कलाकार तथा समाजसेवी शितल शर्माको पहलमा स्वदेश तथा विदेशबाट संकलित रकम रु ७२ हजार ४ सय ९१ र आफ्नो व्यक्तिगत तर्फबाट रु १० हजार गरि कुल गरि ८२ हजार ४ सय ९१ रुपैयाँ कँडेल परिवारलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको थियो ।
ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजार बस्ने युवराज कंडेलका ५ परिवार मध्य ३ जना शारिरीक अपांगता रहनु भएको छ । भाडाँको जग्गामा तरकारीका बेर्ना जमाएर दैनिकी चलाउँदै आउनुभएका कडेंल परिवार उक्त जग्गामा घर बनाई दिए सगैँ समस्यामा पर्नु भएको छ । साथै कान्छो छोरा भरत कंडेलको दुबै खुट्टाको शल्यक्रिया गर्न धैरै रकम आवश्यक देखिएको थियो ।
कंडेल परिवारको बिचल्ली देखेसगैँ समाजसेवी एवंम कलाकार शर्मा लगायतले सहयोगको हातहरु अगाडी बढाएका छन् । आफ्नो यस अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुलाई शर्माले धन्यावाद ज्ञापन गर्नुभएको थियो । आज नै रोजगारीको शिलशिलामा कतारमा रहनु भएका पुरन गौतमको पहलमा संकलित रकम रु ९६,७८६ पनि हस्तान्त्रण गरिएको थियो ।
राहत रकम बुझ्दँै रमा कँडेलले, ‘सहयोग गर्नुहुने सबै सहयोग दाताप्रति धन्यावाद ज्ञापन गर्नुभएको थियो । भाईको खुट्टा कमजोर भएकोले समस्या भएको बताउँदै कँडेलले सबैको सहयोगले केहि रकम जम्मा भएको हुदाँ जारी निषेधाज्ञा केहि सहज भए लगत्तै भाईलाई उपचारको लागि लैजाने बताउनुभएको थियो ।










