पोखरा, बैशाख १६/ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराको रजत वर्ष (२५औँ वार्षिकोत्सव) को अवसरमा आयोजित भव्य समारोहमा पोखरा म्याराथनका आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चलाई सम्मान गरिएको छ। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्र राज पाण्डेले खेलकुद क्षेत्रमा मञ्चले पु¥याएको उल्लेखनीय योगदान, समर्पण र सक्रिय सहभागिताको उच्च कदर गर्दै सम्मान प्रदान गर्नुभएको हो। सम्मान ग्रहण गर्दै मञ्चले आयोजक रेडियो अन्नपूर्णप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै, उक्त उपलब्धिलाई संस्थाका सम्पूर्ण सल्लाहकार, कार्यसमिति सदस्य तथा आजीवन सदस्यहरूमा समर्पण गरिएको जनाइएको छ। संस्थाले यस अवसरमा मञ्चलाई यहाँसम्म पु¥याउन निरन्तर खटिनु भएका दिवंगत अग्रज, समकालीन तथा अनुजहरूप्रति आभार प्रकट गरेको छ ।
पोखराको खेलकुद विकासमा मेरुदण्डको रूपमा रहेको भूतपूर्व खेलाडी मञ्चको स्थापना पोखराका अग्रज र अनुभवी खेलाडीहरूलाई एकबद्ध गर्ने र उनीहरूको अनुभवलाई नयाँ पुस्ताको हितमा प्रयोग गर्ने उद्देश्यले भएको हो। यो संस्था पोखरालाई ’खेलकुदको सहर’ -Sports Hub_ को रूपमा स्थापित गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रमुख संस्था हो। यस मञ्चको सबैभन्दा ठूलो र गौरवपूर्ण परिचय ’सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ हो।पोखरालाई विश्व मानचित्रमा खेल पर्यटन -Sports Tourism को माध्यमबाट चिनाउन यो संस्थाले झण्डै दुई दशकदेखि निरन्तर अन्तर्राष्ट्रिय स्तरको म्याराथन आयोजना गर्दै आएको छ।“स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड“ भन्ने नारालाई यसले सार्थक बनाएको छ।अनुभव हस्तान्तरणका लागि पुराना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सीप र ज्ञानलाई युवा खेलाडीहरूमा बाँड्ने योगदान दिएको छ ।
खेलाडी सम्मानका लािग राष्ट्रका लागि रगत र पसिना बगाएका पुराना खेलाडीहरूलाई सम्मान गर्ने र उनीहरूको वृत्तिविकासमा आवाज उठाउने काम गरेको छ । खेल पर्यटनका लागि खेलकुदका माध्यमबाट गण्डकी प्रदेश र विशेष गरी पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने काम गरेको छ ।
सामाजिक उत्तरदायित्वमा केवल खेलकुद मात्र नभई सामाजिक सेवा र स्वास्थ्य सचेतनाका कार्यक्रमहरूमा पनि मञ्च उत्तिकै सक्रिय छ।पोखरा रङ्गशालाको संरक्षण, संवद्र्धन र यहाँ हुने विभिन्न खेल गतिविधिहरूमा मञ्चले अभिभावकको भूमिका निर्वाह गर्दै आएको छ। स्थानीय सरकार र खेलकुद परिषद्सँग समन्वय गरी खेलकुदको वातावरण बनाउन यसको योगदान अतुलनीय छ।आज हामी यस्तो संस्थाको बारेमा चर्चा गर्दैछौँ, जसले खेल जीवनबाट सन्यास लिएका खेलाडीहरूलाई फेरि एक पटक समाज निर्माणको मैदानमा उतारेको छ। पोखराको सडकमा दौडिने म्याराथन होस् वा नयाँ खेलाडीलाई दिइने हौसला— भूतपूर्व खेलाडी मञ्च, पोखराले सधैं अग्रपङ्क्तिमा रहेर काम गरेको छ। पोखरालाई अन्तर्राष्ट्रिय खेल जगतसँग जोड्ने पुलको रूपमा रहेको यस मञ्चको योगदानप्रति हामी नतमस्तक छौँ। सम्मानमा भनिएको छ ।












