फेवातालमा डुबेर एक युवकको मृ’त्यु

फेवातालमा डुबेर एक युवकको मृ’त्यु
२०८३ जेठ ७ गते बिहिबार ०१:०१

पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने २७ वर्षीय रिवाज गुरुङ रहेका छन् । बुधबार फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र...

पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने २७ वर्षीय रिवाज गुरुङ रहेका छन् ।

बुधबार फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्री नेतृत्वको टोलीले खोजी गर्ने क्रममा विहान ३ः३५ बजे गुरुङलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाएको थियो ।

अस्पताल पु¥याए लगत्तै चिकित्सकहरूले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति २०८३ जेठ ७ गते बिहिबार ०१:०१
प्रतिक्रिया दिनुहोस्